काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग–उनले परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणासहित आफ्नो जन्मदिन मनाएका छन् ।
अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले शपथ लिने तयारी गरेका बेला उत्तर कोरियाको यस्तो घोषणा आउनुलाई थप अर्थपूर्ण रुपमा लिइएको छ ।
किमले आफ्नो जन्मोत्सवमा थप परिष्कृत लामो दूरीमा मार हान्न सक्ने मिसाइल, सुपर लार्ज वारहेड्स, गुप्तचर स्याटेलाइट तथा परमाणु शक्तियुक्त सबमरिनसहितका हतियार बनाउने घोषणा गरेका हुन् ।
उनी केही दिन अघि मात्रै पार्टीको महासचिवमा बढुवा भएका थिए ।