पार्टी फुटपछि राजधानी बाहिर प्रचण्ड-माधवको पहिलो सम्बोधन पोखरामा

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ५३


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गण्डकीस्तरीय प्रशिक्षणका लागि आज पोखरा जाने भएका छन् ।

दुबै नेताहरुले गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई आज सम्बोधन गने कार्यक्रम रहेको बताइएको छ ।

पोखरा ११ शितलादेबीमा रहेको एसआर केसी बैंक्युटमा ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिएका छन् ।

बिहान ८ बजे बुद्ध एयरको विमान मार्फत पोखरा जान लागेका अध्यक्षद्वयका साथमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ रहने बताइएको छ ।

दुबै नेता आज साँझ नै राजधानी काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्