ट्रम्पका समर्थक हतियारसहित हिंसात्मक गतिबिधि सञ्चालनको तयारीमा छन्ः एफबिआई

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ११


काठमाडौं । अमेरिकामा आउँदा दिनहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु हिंसात्मक गतिबिधि सञ्चालन गर्न सक्ने भन्दै संघिय अनुसन्धान ब्यूरो (एफबिआई)ले सतर्क रहन भनेको छ ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथको दिनसम्म सबै ५० राज्यमा हतियारसहित प्रदर्शनको तयारी भइरहेको सूचना प्राप्त भएको एफबिआईले उल्लेख गरेको छ ।

जनवरी २० मा हुने शपथग्रहण समारोहलाई प्रभावित पार्नका लागि सबै ५० राज्यका राजधानी तथा वासिङ्गटन डिसीमा भेला हुने तयारीमा हतियारधारी समूह रहेको जानकारी प्राप्त भएको एफबिआईलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्