आज बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, अन्य क्षेत्रको मौसम सामान्य

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : ३५


काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भूभागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।


प्रतिक्रिया दिनुहोस्