काठमाडौं । इंग्लिस प्रिमियर लिगका दुई क्लबबिच एफए कप फुटबलको चौथो चरणमा खेल मैदानमा भेट हुने भएको छ ।
चौथो चरणको खेलमा म्यानचेस्टरको युनाइटेडको घरेलु मैदानमा लिभरपुलसँग खेल हुने तय भएको छ ।
लिग बिहीन चोर्लीले प्रिमियर लिग क्लब वुल्भ्स, लिग टू क्लब चेल्टेनहाम टाउनले म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ ।
चौथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुने छन् । जोसे मोरिन्होको टिम टोटनह्यामले विकोम्बे वान्डर्स तथा वेष्ट ह्यामले डनचेस्टर रोभर्ससँग खेल्ने तय भएको छ ।