टोखा घटना : २ महिनाकी गर्भवती थिइन् सुदीक्षा

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : २१


काठमाडौं । टोखामा मृत अवस्थामा फेला परेका दम्पत्तिको मृत्युको कारण पारिवारिक झगडा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

शुक्रबार राति उमेश केसी र सुदीक्षा गिरीको शव घरमै फेला परेको थियो।

उमेशको हत्या भएको १२ घण्टापछि सुदीक्षाले आत्महत्या गरेको पोस्टमार्टम रिपोर्टले देखाएको छ।

अनुसन्धान अधिकारीका अनुसार उमेशको हत्यापछि सुदिक्षाले फोनमा आफन्तसँग आधाघण्टाबढी कुराकानी गरेको समेत खुलेको छ। उमेशको हत्यापछि सुदीक्षाले आफ्नी दिदी शर्मिलासँग ३० मिनेट बढी मोबाइलमा कुराकानी गरेको देखिएको छ। त्यसमा उनले के कुरा गरिन् भन्नेबारे खुल्न बाँकी छ।

पोष्टमार्टम रिपोर्टका अनुसार सुदीक्षा २ महिनाकी गर्भवती थिइन्। उक्त गर्भ कसको हो भन्ने बिषयले उनीहरुबीच झगडा सुरु भएको हुनसक्ने अनुसन्धान अधिकारीहरुले आँकलन गरेका छन्।

यस बिषयमा झगडा हुँदा उमेशले अस्पताल गएर आफ्नो लिंग समेत परीक्षण गराएको रिपार्टमा देखिएको छ।

उमेश र सुदीक्षाबीच सन् २०१४ मा प्रेम विवाह भएको थियो। बिदामा घर आएका उमेश ४ दिनपछि अमेरिका उड्ने तयारीमा थिए।

हाल उनी टोखामा भाडाको घरमा सुदीक्षासँगै बस्दै आएका थिए। आफन्तका अनुसार उमेश घर आएको बेला मात्रै सुदीक्षा उनको घर जाने गर्थिन्।


प्रतिक्रिया दिनुहोस्