काठमाडौंमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ।
दिउसो साढे २ बजे ३.१ म्याग्निच्यूडको भूकम्प रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
काठमाडौंको कुलेश्वर क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।
भूकम्पको स्केल सानो भएपनि केन्द्र काठमाडौंमै रहेकाले वरपरका बासिन्दाले ठूलो धक्का महसुस गरेका थिए।
केहिदिन अघि काठमाडौंको गोकर्णेश्वर क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको थियो।
वि.स २०७२ सालमा गएको महाविनाशकारी भूकम्पपछि साना सना भूकम्प जानेक्रम अझै रोकिएको छैन।