काठमाडौं । विप्लव नेतृत्वको नेकपाले मध्यपश्चिम विश्व विद्यालय सुर्खेतमा बिद्यार्थीमाथी भएको प्रहरी दमनको विरोध जनाएको छ।
सो पार्टीको भेरी कर्णाली ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको माग वार्ताद्वारा सम्बोधन गर्न आग्रह गरेको छ।
विश्वविद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएको विद्यार्थी टोली र प्रहरीबीच झडप हुँदा आइतबार केहि विद्यार्थी घाइते भएका थिए।