आज यी-यी स्थानमा हल्का वर्षाको सम्भावाना

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ३३


काठमाडौं । केही दिनयता नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (सोमबार बिहान) प्रदेश १ र प्रदेश २ का केही स्थानमा मौसम आंशिक बदली छ।

आज राति भने प्रदेश १ र प्रदेश २ का एकरदुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको महाशाखाले जनाएको छ।

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना छ भने बाँकी अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


प्रतिक्रिया दिनुहोस्