राम्रो काम गरेपछि केहीले इर्स्या र डाहा गरे : प्रधानमन्त्री ओली

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १ : ४५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष सरकार चलोस् भन्ने जनताको इच्छा रहेको बताएका छन् । तर काम गर्न नदिएपछि संसद विघटन गर्नुपर्नेको उनले उल्लेख गरेका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिएका कारण ५ वर्ष चल्नु पर्ने प्रतिनिधि सभा त्यसअघि नै विघटन गर्नुपरेको बताए ।

‘जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस्, पाँच वर्ष सरकार टिकोस् भन्ने हो, सरकार परिवर्तन होस् भन्ने होइन जनताको इच्छा’, उनले भने ।
सरकारले रफ्तारका काम गरिहेको, विकास निर्माणको काम भइरहेको समयमा आफू विरुद्ध गुटबन्दी गरिएको आरोप उनले लगाए । सरकारले छिमेकीसँग राम्रो सम्बन्ध राख्न आफूले पहल गरेको तर झुकेर सम्बन्ध राम्रो बनाउने पक्षमा आफू नरहेको स्पष्ट पारे । आफूले राम्रो काम गरेपछि केहीले ईर्या र डाहा गरेको उनको आरोप छ ।

षड्यन्त्र गरेर प्रधानमन्त्री हट्नुपर्छ कि हट्नुपर्छ भन्ने काम भएको र आफूले नै दिएका अवसरहरुको दुरुपयोग गर्ने अवस्था बन्न गयो ओलीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्