पारस खड्का कोरोना संक्रमण मुक्त

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ४८


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कोरोना संक्रमित मुक्त भएका छन्।

क्यानको बन्द प्रशिक्षणसमेत सहभागिता जनाएका पारस विगत २५ दिनदेखि कोरोना संक्रमित रहेका थिए ।

उनको कोरोना परीक्षणको सोमबार आएको रिपोर्टमा संक्रमण मुक्त पुष्टि भएको हो।

क्रिकेटर खड्काले आफू कोरोना पोजेटिभ मुक्त भएको भन्दै सामाजिक संजालमा लेख्दै यो समयमा साथ दिने सबैलाई धन्यबाद दिएका छन ।

पारसले घरमै आइसोलेशनमा बसेर कोरोना मुक्त भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। उनले अब २०२१ का लागि आफु तयार रहेको प्रतिक्रिया दिएका छन ।

कोरोना संक्रमण भएसँगै उनले गौतम बुद्ध कप क्रिकेट प्रतियोगितासमेत गुमाएका थिए। प्रतियोगितामा उनी बागमती प्रदेश टिमको कप्तानसमेत थिए ।


प्रतिक्रिया दिनुहोस्