दाङमा यात्रु बस दुर्घटना, १९ जना घाइते

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : १२


घोराही ।  दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत सोमबार ग्वारखोलामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका हुन् ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना ६ ख १८१४ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-७ अन्तर्गत पर्ने ग्वारखोला पुल नजिकै पल्टिएको हो ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका-१९ ग्वारखोलाकी ३० वर्षीया लक्ष्मी केसी, वडा नम्बर ६ का १९ वर्षीय झनक के.सी.,बरुवागाउँकी २१ वर्षीया सरु बस्नेत, वडा नम्बर ४ की ३६ वर्षीया तिला कुँवर, वडा नम्बर ५ की ३० वर्षीया सुशिला शर्मा, वडा नम्बर १६ भेलाहीका ५५ वर्षीया बासुदेव चौधरी र वडा नम्बर १४ का २६ वर्षीय सुमन श्रेष्ठ घाइते भएका छन् ।

यस्तै, तुलसीपुर ७ का १८ वर्षीय विशाल मगर, २१ वर्षीय राज केसी, वडा नम्बर ६ की २२ वर्षीया दुर्गा नेपाली, शान्तिनगर गाउँपालिका ६ का २७ वर्षीय गणेश बुढाथोकी, शान्तिनगर ७ का २९ वर्षीय भिमप्रसाद राना र घोराही उपमहानगरपालिका १६ की ३० वर्षीया लक्ष्मी गिरी घाइते छन् ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १२ का ३९ वर्षीय हेमराज पुन, ४० वर्षीया पञ्चबहादुर पुन, घोराही १५ की १९ वर्षीया सुरक्षा शर्मा, घोराही १५ की १८ वर्षीया प्रमिका ज्ञवाली, वडा नम्बर १२ का ४१ वर्षीय गोपाल पुन र वडा नम्बर ५ का ३० वर्षीय रामबहादुर पुन पनि घाइते छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्