हुम्लामा हिमपात, विमानस्थलमै थन्किए विमान

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : २९


हुम्ला । कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ ।

आइतबार बिहानदेखि हुम्ला, मुगुलगायत हिमाली जिल्लामा बाक्लो हिमपात भएको हो । हिमपातका कारण स्थानीयलाई घर बाहिर निस्कन समस्या भएको छ भने एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न समस्या भएको छ । बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाका सबै नाका बन्द भएका छन् ।

हिमपात भएपछि हुम्ला विमानस्थलमा तारा एयरलाइन्सका दुईवटा जहाज थन्किएका छन् । आइतबार बिहान नेपालगन्जबाट हुम्ला अवतरण गरेको एउटा जहाजको ब्याट्रीमा समस्या आएपछि प्राविधिक टोली ल्याएर अर्को जहाज आएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्