विस्फोटक पदार्थ र बन्दुकसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १२ : ४६


कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ ।

पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज बिहान पक्राउ गरेको हो ।

अभियुक्त दुवै नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको र उनीहरुबाट बन्दुक, प्रेसरकुकुर, डिटोनेटर २४ थान, पटके पाँच पाकेट, सकेट नौ थान, गन्धक एक केजी, सोडा आधा केजीलगायतका विष्फोटक सामग्रीसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षकुमार जोशीले जानकारी दिए ।

पक्राउ परेकाहरुविरुद्ध विष्फोटक पदार्थ ऐनअन्तर्ग कारबाही तथा अनुसन्धान पक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्