कटरिना क्याफको प्रेमीसँगको तस्बिर सार्वजनिक भएपछि….

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १२ : ०३


काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ आजभोली प्रेम सम्बन्धको कारण चर्चामा छिन् ।

उनको नाम अभिनेता विक्की कौशलको साथमा जोडिएर चर्चा भइरहेको छ । कटरिना र विक्की एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले जनाएको छ ।

तर उनीहरुले भने आफ्नो प्रेमको बारेमा केही कुरा पनि सार्वजनिक गरेका छैनन । यसै बीच सामाजिक सञ्जालमा एक तस्बिर भाइरल भएको छ ।

जसमा दुबै जना साथमा देखिएका छन् । खासमा, कटरिनाले केही घण्टा अगाडी आफ्नो इन्स्ट्राग्राम अकाउन्टमा एक तस्बिर सेयर गरेकी थिइन् । जसमा उनी आफ्नो बहिनी इसाबेलाको साथमा देखिएकी थिइन् ।

उनीहरु दुबै जनाले आफ्नो अनुहारको केही भाग छोपेका थिए । कटरिनाले उक्त तस्बिर सेयर गर्दै क्याप्सनमा ‘सिक्वेन्स माफिया’ लेखेकी थिइन् । उनले पोस्ट गरेको तस्बिरको अगाडी एक सिसा थियो ।

जसमा एक पुरुष उभिएका छन् । ती पुरुष अरु कोही नभएर विक्की कौशल थिए । उनले गल्तीले उक्त तस्बिर सेयर गरेकी थिइन् ।

तस्बिर सार्वजनिक भएको केही सयमा कटरिनाले उक्त पोस्ट हटाएकी छन् । उनले उक्त तस्बिर डिलिट गर्नु अगाडी सामाजिक सञ्जालमा भाइरल भएको छ ।


प्रतिक्रिया दिनुहोस्