न्यान्सी पेलोसी अमेरिकी इतिहासमा चौथो पटक सभामुख निर्वाचित

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : १०


काठमाडौं । अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी चौथो पटक सभामुखमा निर्वाचित भएकी छिन् ।

उनी यस अघि सन् २००६ मा पहिलो पटक सभामुख बनेकी थिइन् ।

उनी सो पदमा पुग्ने पहिलो महिला हुन् । उनी सन् २००६ देखि २०११ सम्म सभामुख रहिन् ।

त्यसपछि सन् २०१८ मा डेमोक्र्याटिक पार्टीले पुनः तल्लो सदनमा नियन्त्रण कायम गरेपछि उनी सभामुखमा पुनः निर्वाचित भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्