म्यानचेस्टर सिटीले गर्यो चेल्सीमाथि शानदार जित दर्ता

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : ५३


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमै भएको खेल चेल्सी म्यानचेस्टर सिटीसँग ३–१ ले पराजित भएको हो ।

सिटीका लागि १८ औँ मिनेटमा इल्केयी गुण्डोगान, २१ औँ मिनेटमा फिल फोडिन तथा ३४ औँ मिनेटमा केविन डू ब्रूयनाले गोल गरे ।

पहिलो हाफमा नै तीन गोल खाएको चेल्सीले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा एक गोल फर्कायो ।


प्रतिक्रिया दिनुहोस्