अभिनेता तथा बीजेपी सांसद मनोज तिवारीलाई पुत्री लाभ

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : २७


काठमाडौं । भारतीय भोजपुरी अभिनेता तथा बीजेपी सांसद मनोज तिवारीलाई फेरी एक पटक सन्तान लाभ भएको छ ।

मनोजले सामाजिक सञ्जाल मार्फत आफ्नो घरमा दोश्रो सन्तानको रुपमा छोरी भित्रिएको खबर दिएका छन् । उनको पहिलो सन्तान पनि छोरी हुन् ।

मनोज तिवारीले ट्विटरमा आफ्नी न्यू बर्न बेबी छोरीको साथको शेयर गर्दै लेखेका छन्, ’मेरो घर आई एक नन्ही परी । मलाई एक छोरीको पिता बन्ने सौभाग्य प्राप्त भएको छ । जय जगदम्बे ।’ मनोजको यस ट्वीटमा फ्यान तथा उनका शुभचिन्तकले बधाई दिएका छन् । उनको ’बगलवाली जान मारेली’, ’रिन्किया के पापा’, लगायतका गीत विश्वचर चर्चामा छन् ।


प्रतिक्रिया दिनुहोस्