भारत सरकारले अक्सफोर्ड खोपको निर्यातमा प्रतिबन्ध लगायो

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : २०


काठमाडौं । विश्वको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी, भारतको सेरम संस्थानले अक्सफोर्ड एस्ट्रोजेनेका खोपको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

भारत सरकारले यस खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गरेको छ । अन्य धेरै देशहरूले पनि यो खोप प्रयोग गर्न अनुमति दिएका छन्।

भारतको सेरम संस्थान यस खोपको मुख्य आपूर्तिकर्ता हो। कम्पनीका प्रमुख कार्यकारी अधिकारी अदार पूनावाला भन्छन् भारतले पहिले आफ्नो देशका जनताको सुरक्षा गर्न चाहन्छ र उनीहरूले सरकारको यस निर्णयलाई सम्मान गर्दछन्।

भारत सरकारले पनि देशमा बनाइएको अर्को खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गरेको छ। यद्यपि यो खोप कत्तिको प्रभावकारी छ भन्ने सम्बन्धी सबै प्रश्नहरूको उत्तर प्राप्त भएको छैन।

विश्वको सबैभन्दा ठूलो खोप कार्यक्रम भारतमा सुरु हुन गइरहेको छ, जस अन्तर्गत जुलाईमा करिब तीस करोड मानिसहरूलाई खोप दिइनेछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खोपको कार्यक्रमलाई कोरोना महामारीको बिरूद्ध लड्ने मोडको रुपमा वर्णन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्