मैले राजीनामा दिएको छैन : उपाध्यक्ष बिष्ट

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : ०८


मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले हेटौँडामा आज पत्रकार सम्मेलन गरी आफूले राजीनामा नदिएको स्पष्ट पारेकी छन।

उनले पत्रकार सम्मेलनमा आफूले गाउँपालिकाको कार्यालयमा लिखित राजीनामा हुँदाहुँदै पनि राजीनामा दिएको भनि समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको र राजीनामा नदिएको बताएकी छन्।

अध्यक्षको क्रियाकलाप लगायतको कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले यसअघि पदबाट राजीनामा दिएको बताइएको थियो। रासस

 


प्रतिक्रिया दिनुहोस्