शेखर कोइरालाका दाजू निरञ्जनको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ७ : १६


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन।

कोइरालाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा कोरोनाका कारण आज ७५ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन।

केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन कोइराला पार्टीका केन्द्रीय सदस्य डा.शेखर कोइरालाका दाजु हुन।

निरङ्कुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय उनी नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत थिए।

तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीका विज्ञ सल्लाहकारका रुपमा रहेर उनले कार्यसमेत गरेको पार्टी कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्