भोजपुरमा ७७ वर्षीया बृद्धामाथि बलात्कार, घटनाको डेढ महिना पछि ४५ वर्षीय पुरुष पक्राउ

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १ : ३०


भोजपुर । ७७ वर्षीया महिला (बृद्धा)माथि बलात्कार गरेको आरोपमा भोजपुर प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–५ होम्ताङ घर भएका ४५ वर्षीय जय कुमार राई छन् ।

प्रहरीका अनुसार मंसिर ३ गते घरमा कोही नभएको मौका छोपेर बृद्धामाथि बलात्कार गरेका थिए ।

ढिलो गरी मात्रै पीडित पक्षले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि शनिबार (पुस १८) गते प्रहरीले राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईमाथि जवर्जस्ती करणीको कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्