दीपिकाले सामाजिक सञ्जालबाट किन डिलिट गरिन् सबै पोस्ट ?

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १२ : ३१


भारत । बलिउड अभिनेत्री दीपिका पादुकोणले नयाँ वर्षको शुरुवात गर्दै आफ्ना प्रशंसकका लागि सरप्राइज दिएकी छन् । उनले आफ्नौ सबै सामाजिक सञ्जालमा राखेका पोस्ट डिलिट गरेकी छन् ।

सामाजिक सञ्जालमा रहेका उनका करोडौं प्रशंसकले यस्तो गर्नुको कारणबारे सोधिरहेका छन्, तर उनले हालसम्म कुनै जवाफ भने दिएकी छैनन् ।

सेलीब्रेटीद्वारा सामाजिक सञ्जालमा राखिएका सबै पोस्ट हटाउने यो पहिलो घटना भने होएन, यसअघि सुशान्त सिंह राजपूतले पनि यस्तो गरेका थिए ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने सुशान्तले पनि आफ्नो इन्स्टा र ट्वीटरबाट सबै पोस्ट डिलिट गरेर आफ्नो अकाउन्ट नै क्लीन स्वीप गरेका थिए ।

सुशान्त एन्ट्रोनोमी र विज्ञानसँग जोडिएका कुराहरु नै सामाजिक सञ्जालमा शेयर गर्ने गर्दथे ।

उनले आफ्नो फिल्म ‘सोनचिरैया’ फ्प भएपछि इन्स्टामा भएका सबै पोस्ट डिलिट गरेका थिए । यसको कारण अहिलेसम्म पत्ता लागेको छैन ।


प्रतिक्रिया दिनुहोस्