अध्यक्षसँग कुरा नमिलेपछि गाउँपालिका उपाध्यक्षले दिइन् राजीनामा

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १२ : ११


मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिए ।

अध्यक्षको क्रियाकलाप लगायतको कुरामा असन्तुष्टी जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको बताइएको छ ।

मनहरी नगरपालिकाको दुबै पदमा तत्कालीन एमालेका तर्फबाट अध्यक्ष र उपाध्यक्ष बिजयी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्