यी हुन साथी र आफ्नो कारण डिप्रेशनको सिकार भएका बलिउड कलाकार

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १२ : ०७


काठमाडौं । भारतमा सन् २०२० उदाउँदै गरेका धेरै कलाकारले आत्महत्या गरे । अधिकांश कलाकारले आत्महत्या गर्नुको कारण आर्थिक संकट, प्रेम र डिप्रेशनको सिकार भनेर आयो ।

बलिउडका कलाकारले अब आफू डिप्रेशनको सिकार भएको विषयमा खुलेर कुरा गर्न थालेका छन् । करिब एक महिना अगाडी मात्र आमिर खानको छोरी इरा खानले आफू डिप्रेशनको सिकार भएको कुरा सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै बताएकी थिइन् । यस्तै बलिउडमा धेरै कलाकार छन् जो डिप्रेशनको सिकार भइसकेका छन् ।

शाहरुख खान

बलिउडको किङ खान शाहरुख सन् २०१० मा डिप्रेशनको सिकार भएका थिए । यस विषय उनले एक अन्तर्वातामा बताए थिए । उनी डिप्रेशनमा जानुको कारण फिल्म रावणको सुटिङमा उनको काँधमा गहिरो चोट लागेको थियो । जसको विषयमा धेरै चिन्ता गरेको कारण उनी डिप्रेशनमा पुगे ।

उनले भनेका छन् –‘म काँधमा लागेको चोटको कारण डिप्रेशनमा पुगेको थिएँ । तर अहिले म ठिक भइसकेको छु । मलाई खुसी लागेको छ । आफूलाई स्वास्थ महसुस गर्छु । ’

अनुष्का शर्मा

अभिनेत्री अनुष्का शर्माले पनि डिप्रेशनको अवस्थालाई महशुस गरिसकेकी छन् । उनले डिप्रेशनलाई जित्नको लागि धेरै संघर्ष गर्नु पर्यो ।

उनले एक अन्तर्वातामा डिप्रेशनको सिकार हुँदाको अनुभवमा भनेकी छन्–‘म सानो पीडाको कारण डिप्रेशनको सिकार भएँ । मेरो परिवारमा पनि धेरैलाई डिप्रेशन भएको थियो । मानिसहरु डिप्रेशनमा पुगेका व्यक्तिलाई गलत नजरले हेर्छन । म त्यस्तो होस् भन्ने चाहदिन त्यसैले म डिप्रेशनको बारेमा खुलेर कुरा गर्न चाहन्छु । पेट दुख्दा अस्पताल गए जस्तै डिप्रेशन पनि सामान्य हो । म यसको बारेमा शिक्षा फैलाउन चाहन्छु ।’

वरुण धवन

सन् २०१५ मा रिलिज भएको फिल्म बदलापुरको सुटिङको क्रममा अभिनेता वरुण धवन डिप्रेशनमा थिए । मानसिक रुपमा वरुण निकै विछिप्त भएका थिए । उनले साइक्याट्रिस्टको सहयोग लिएका थिए ।

उनले भनेका थिए–‘ म डिप्रेशनमा थिएँ तर मलाई क्लिनिकले डिप्रेस घोषित गरेको थिएन । म त्यो समय निकै उदास थिएँ । म यसलाई डिप्रेशनको नाम दिन चाहदिन । तर मानसिक रुपमा म निकै विछिप्त भएको थिए । जसको लागि मैले डाक्टरसँग सहयोग मागे । ’

रणवीर सिंह

अभिनेता रणवीर सिंह पनि डिप्रेशनको सिकार भएका थिए ।रणवीरले एक साथीले आत्महत्या गरेको विषयमा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । साथीकाृ मृत्युपछि उनी डिप्रेशनमा पुगेका थिए ।

एक वेबसाइडमा लेखिएको छ–‘रणवीरले आफ्नो इमोसन सार्वजनिक रुपमा बताएनन । तर यसको बारेमा दीपिका पादुकोणलाई सबै थाहा छ । साथीले आत्महत्या गरेपछि रणवीर डिप्रेशनमा पुगेका थिए । यो समयमा दीपिकाले निकै सहयोग गरिन्’

करण जोहर

चर्चित फिल्म निर्देशक करण जोहर पनि लामो समयसम्म डिप्रेशनको सिकार भएका छन् । उनले बताए अनुसार बुबा यशको मृत्युपछि आफ्नो लाइफ पाटनर नभएको चिन्ताले उनलाई धेरै सताएको थियो । जसको कारण उनी डिप्रेशनमा पुगे ।

उनले भने–मेरो जीवनमा एक समय यस्तो आयो म डिप्रेस भएँ । मलाई सबैको अगाडी बस्दा बेचैनी भएको भयो । म उठेर डाक्टरलाई भेट्न गए । अनि थाहा भयो म डिप्रेशनको सिकार भइसकेको रहेछु । ’

ऋतिक रोशन

एभरीडे हिरोज क्यामपेनको समयमा ऋतिक रोशनले डिप्रेशनको सिकार भएको कुरा बताएका थिए । उनी डिप्रेशनमा परेका मानिसहरुलाई हेर्ने नजर बदलियोस् भन्ने चाहन्थे त्यसैले उनी हरेक कार्यक्रममा यस विषयमा खुलेर कुरा गर्थे ।

एक कार्यक्रममा उनले भनेका थिए–मेरो जीवनमा कयौँ उताबचडाब आयो । मलाई डिप्रेशन र दोधारको अनुभव भयो । यो एक सामान्य कुरा हो । मेरो जीवन धेरै दुखले भरिएको थियो । धेरै चिन्ताले मानिसलाई गलत बाटो तर्फ पुराउँछ । हामाी सोचेको भन्दा केही फरक गर्न चाहन्छौँ । हाम्रो दिमागमा धेरै कुरा हुँदा हामी सही र गलत छुटाउन असमर्थ हुन्छौँ । यो हुनुको कारण हामी आफैमा जागरुक छौनौँ ।’

दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोण एक यस्तो कलाकार हुन् जसले डिप्रेशनको बारेमा खुलेर आफ्नो धारणा राख्ने गर्छिन । उनले धेरै सार्वजनिक कार्यक्रममा आफू डिप्रेशनको सिकार भएको बताएकी छन् ।

यसको लागि उनले लिभ लभ लाफ नामको फाृन्डेशन पनि चलाउदै आएकी छन् दीपिकाले भनेकी छन् –म सानो कुरमा पनि धेरै सोच्ने गर्थे । एक नराम्रो समय थियो जति बेला म कारण बिना नै अचानक रुने गर्थे । हरेक कुरामा सोचमा डुब्थे । ’

R


प्रतिक्रिया दिनुहोस्