दोस्रो खेलमा आर्सनलको लगातार जित

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ४१


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले वेष्ट ब्रोममाथि ४–० को शानदार जित दर्ता गरेको हो ।

अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन २३ औँ मिनेटमा किएरन टिएर्नी र २८ औँ मिनेटमा बुकायो साकाले गोल गरे ।

दोस्रो हाफमा एलेक्सान्ड्र लाकाजेटीले दुई गोल गरे । उनले ६० र ६४ औँ मिनेटमा गोल गरेर आर्सनललाई लिगमा लगातार तेस्रो जित दिलाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्