टोटनह्यामले लीड्स युनाइटेडलाई हरायो

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ३३


काठमाडौं । टोटनह्यामले एक महिनापछि इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।

डिसेम्बर ६ पछि पहिलोपटक टोटनह्यामले शनिबार राति भएको खेलमा लीड्स युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई पराजित गर्न ह्यारी केन, सन हेङ–मिन र अल्डर्विरल्डले गोल गरे ।


प्रतिक्रिया दिनुहोस्