कस्तो रहला आज दिनभरको मौसम ?

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ६ : २८


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले देशभरका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

आइतवार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेश का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, आइतवार राती प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


प्रतिक्रिया दिनुहोस्