केन र सनको गोलमा टोटनह्यामको सहज जित

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : २५


काठमाडौं । प्रिमियर लिगको खेलमा टोटनह्यामले लेड्स युनाईटेश विरुद्ध सहज जित निकालेको छ ।

केही बेर अघि सम्पन्न खेलमा टोटह्यामका लागि खेलको २९ औं मिनेटमा ह्यारी केन, ४३ औं मिनेटमा सन हिउग मिन र दोश्रो हाफको ५० औं मिनेटमा अल्डरवार्ल्डले एक एक गोल गरे ।

लिड्सले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा खेल ३ ० गोल अन्तरले टोटह्यामले जित्यो ।

१६ खेल खेलेको टोटह्याम अंक तालिकामा २९ आंकसहित तेश्रो स्थानमा छ । दोश्रो स्थानमा म्यानचेष्टर युनाईटेड र पहिलो नम्बरमा लिभरपुल छन् ।


प्रतिक्रिया दिनुहोस्