यी हुन ‘कमेडि च्याम्पियनको सिजन– २’ का अन्तिम २४ प्रतिस्पर्धी

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : ३७


काठमाडौं । कमेडि रियलिटि शो कमेडि च्याम्पियनको सिजन २ मा अन्तिम २४ प्रतियोगीहरु छनोट भएका छन् । देश तथा बिदेशबाट कमेडि च्याम्पियन सिजन २ को लागी खुल्ला गरिएको डिजिटल अडिसनमा ६ हजार बढिले सहभागिता जनाएका थिए ।

कोभिड–१९ महामारी बिच डिजिटल अडिसनबाट १८० जना फिजिकल अडिसनका लागी छानिएका थिए । छानिएका १८० जनाबाट थप छनौट हुँदै अन्तिम २४ प्रतिस्पर्धीहरु छानिएका छन ।

यही पौष १,२,३ र ४ गते १८० जनालाई ४ समुहमा बिभाजन गरि फिजिकल अडिसन गरिएको हो । अडिसनबाट अन्तिम २४ प्रतिस्पर्धीहरु छनोट गरिएको आयोजक कमीटिले जनाएको छ ।

गत सिजन झै यस सिजनमा पनि गत बर्षकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई र ऋचा शर्मा यथावत रहेका छन । यस वर्षको कमेडि शो फेब्रुअरि ६ (माघ २४, शनिबार) बाट प्रशारण हुनेछ ।

जसमा बिक्कि अग्रवाल, पुष्पराज ओझा, तपेश्वर सिंह, पवन भट्टराई, श्रेया सुवेदी, हिक्मत मोहरा, सुदर्शन भाइ सुवेदी, एलिसन भट्टराई, भरतमणि पौडेल, सुसान्त बत्स्याल, बिदुर खनाल, कैलास कार्की, प्रभात लामा, सुन्दर खनाल, आशिष न्यौपाने, बिकास अर्याल, दर्पण शर्मा, बिरेन्द्र खडका, श्वेता चौलागाईँ, सन्जय भट्टराई, सन्तोष थापा, रबिन मुसासहाङ, सुजन दाहाल, मोहनराज क्षेत्री रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्