सौरभ गांगुली अस्पताल भर्ना

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ४ : ०८


काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा बीसीसीआईका अध्यक्ष सौरभ गांगुली अस्पताल भर्ना भएका छन् ।

छातीमा पीडा भएपछि उनलाई कोलकातास्थित वुडल्याण्डस अस्पताल भर्ना गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

स्क्रोल डट आइइन, इन्डिया टुडेले भने गांगुलीलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको बताएका छन् ।

बीसीसीआईका अध्यक्ष बुधबार मात्र इडन गार्डन पुगेर आगामी सायेद मुस्ताक अली ट्रफी आयोजना गर्ने बारे क्रिकेट बोर्ड अफ बंगाल (सीएबी) सँग छलफल गरेका थिए ।

शनिबार बिहान भने उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्