पैदल यात्रुलाई ठक्कर दिएर भाग्यो मन्त्री प्रभु साह सवार गाडी

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ३ : ०९


काठमाडौं । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

तामाङ्गको कम्मर र खुट्टामा चोट लागेको छ । सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले ठक्कर दिएर भागेको गाडी मन्त्रीकै रहेको खुलेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्