सालकको खपेटा सहित ३ जना पक्राउ

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ८ : ३२


काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले सालकको खपेटा सहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका वडा नं ५ घर हुने बर्ष १९ को मनोज राई रहेका छन्।

धादिङबाट काठमाण्डौं आउदै गरेको बा ३ ख ६१३८ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा मनोज राईको झोला चेक जाँच गर्ने गर्ने क्रममा सालकको खपेटा थान १ फेला परेको हो।

प्रारम्भिक सोधपुछको क्रममा उनले उक्त सालकको खपेटा सुर्य तामाङलाई बेच्ने प्रयोजनको लागि दिन ल्याएको खुलेपछि तत्काल महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलिले जिल्ला नुवाकोट बेलकोटगढी न.पा. वडा नं. २ घर हुने बर्ष २३ को सुर्य तामाङलाई सोही दिननै काठमाण्डौ सितापाइलाबाट नियन्त्रणमा लिएको हो।

प्रारम्भिक सोधपुछमा उक्त सालकको खपेटा तामाङले कपिल तामाङको माग बमोजिम धादिङबाट झिकाएको खुलेपछि धादिङ धुनिबेशी नगरपालिका वडा नं. १ घर हुने बर्ष २० को कपिल तामाङलाई समेत यस वृत्तबाट खटिएको प्रहरी टोलिले मिति २०७७।०९।१५ गते नै उक्त सालकको खपेटा लिन आएको अवस्थामा जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १३ सितापाईला स्थितमा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन बन कार्यालय हात्तिसार काठमाण्डौ पठाईएको छ।


प्रतिक्रिया दिनुहोस्