कङ्गोमा २५ आम नागरिकको हत्या

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ८ : १०


बेनी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको एक घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन्।

देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ। तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन।

घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ । स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन्।

“सर्वसाधारण मानिसहरु नयाँ बर्ष मनाउन गएको ठाउँमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरेर हत्या गरेको हो,” एक अधिकारकर्मीले भने।

कंगोमा सन् १९९० को दशकदेखि युगाण्डा मुस्लीम विद्रोही समूहको रुपमा क्रियाशिल रहेको छ। यीनीहरुको विद्रोहका कारण सयौँको मृत्यु भएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्