५ घण्टा विप्लव समूहको नियन्त्रणमा रहेका गाँउपालिका अध्यक्ष छुटे

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ४२


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अछामको ढोकरी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढालाई करिब ५ घण्टा नियन्त्रणमा लिएर छोडेको छ।

नेपाली काङ्ग्रेसका तर्फबाट स्थानिय निकायको चुनाबमा विजयी भएका बुढा पटक पटक आर्थिक विवादमा मुछिएको, भ्रष्ट्रचार तथा आर्थिक अनियमितता गरेको,गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा जनमुखि नभएको भन्दै आफ्नो पार्टीमा उजुरी आएपछि कार्यकर्ताले अध्यक्ष बुढालाई नियन्त्रणमा लिई सोधपुछ गरी सवै हिसावकिताव सहित १५ दिन भित्र पार्टीको सम्पर्कमा आउनु पर्ने भन्दै छोडेको विप्लव समूहले जनाएको छ।

नेकपाले सोधपुछका लागि भन्दै उनलाई आज बिहान १० बजे तिर गाउँपालिकाको कार्यालयबाटै निरन्त्रणमा लिएको थियो।

बुढा नेकपाको ‘जनकारबाही’मा पर्ने दोस्रो दोस्रो गाउँपालिका अध्यक्ष हुन।

यस अघि गत महिना तुर्माखाद गाउपालिका अध्यक्ष पुष्पराज शर्मालाई नियन्त्रणमा लिई ‘सोधपुछ’ पछि छोडेको थियो।


प्रतिक्रिया दिनुहोस्