ओलीनिकट सांसदको सुझाव- प्रधानमन्त्रीज्यू, आँट गर्नुस्, संघीयता खारेज गर्नुस्

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : ५३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपाकी नेता निरूदेवी पालले संघीयता खारेज गर्नु पर्ने धारणा राखेकी छन् ।

विघटित प्रतिनिधि सभा सांसदसमेत रहेकी पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रदेशहरू नेतालाई जागिर खुवाउने थलो मात्रै भएको उल्लेख गरेकी छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रिमण्डल बढीमा १५, सदस्यीय र भ्रष्टाचारीलाई जेलका कालकोठरीमा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिष्कमा सधैं बस्नु हुनेछ। मेरो व्यक्तिगत विचार,’ पालले फेसबुकमा लेखेकी छन् ।

पहिलो पटक २०७२ सालमा ओली प्रधानमन्त्री हुँदा पाल प्रधानमन्त्रीको सल्लाहकार समूहमा थिइन् ।

 


प्रतिक्रिया दिनुहोस्