नेकपा संसदीय दलका नेताले राष्ट्रिय सभामा भने– वामदेवले पार्टी मिलाउँछु भन्नुभएको छ, शुभकामना !

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ४ : ४६


काठमाडौं । राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रिय सभामा नेकपा उपाध्यक्ष वामदेव गौतमको उपस्थितिले सभाको गरिमा बढाएको बताएका छन् ।

उनले गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेकोमा राष्ट्रपति विद्या भण्डारीलाई धन्यवाद दिए ।

‘वामदेव गौतमजीले पार्टी विभाजनलाई मन पराउनुभएको छैन, मैले एकताका पहल गर्छु भन्नुभएको छ, कतै कुनै सम्भावना छ कि ? कुनै रसायन छ कि ? उहाँको प्रयत्न सफल रहोस्, शुभकामना दिन चाहन्छु,’ शर्माले भने ।

शुक्रवार राष्ट्रिय सभा अधिवेशनको उद्घाटन मन्तव्यमा नेता शर्माले प्रतिनिधि सभा नभएको सन्दर्भमा यसको महत्त्व र गरिमा उचो रहेको बताए ।

असोज १ गते राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका गौतम शुक्रवार पहिलोपटक बैठकमा उपस्थित भएका छन् । राजनीतिक स्वार्थका लागि नेकपा विभाजित भएको शर्माको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्