पूर्वराजा शाहले झापामा मनाए नयाँ बर्ष

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ४ : ००


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हाल झापामा छन्। पूर्वराजदम्पतिले अँग्रेजी नयाँ बर्ष झापामै मनाएका छन्।

झापाको धुलाबारीस्थित मेची क्राउन प्लाजामा पूर्वराजदम्पतिले नयाँ वर्ष मनाएका हुन।

बिहिबार साँझ होटलमा पुगेका पूर्वराजा शाहले केहि घण्टा रमाइलो गरेर फर्किएका थिए।

पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसँगै शाह आइतबार झापा पुगेका थिए।

भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका पूर्वराजदम्पतीलाई विमानस्थलमै समर्थकहरूले स्वागत गरेका थिए। समर्थकहरूले ‘राजा आउ देश बचाउ, गणतन्त्र मुर्दावाद, संघीयता खारेज गर, हिन्दू राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए।

पूर्वराजा शाहको दमकमा हिमालयन टी स्टेट नामक निजी चिया बगान पनि छ।

पूर्व राजदम्पती करिब चार साता झापा बस्ने बताइएको छ। झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्ति पीठको ​दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको छ।

पूर्व राजदम्पत्ती हरेक वर्ष जाडोको समयमा करिब एक महिना बस्ने गरी झापा आउने गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्