विहे भएको ३ दिनपछि पूर्वप्रेमीसँग एकै सिटमा भेटिइन् गौहर खान

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : ५३


बलिउड अभिनेत्री गौहर खानले डिसेम्बरमा २५ चर्चित संगीतकार इस्माइल दरबारका छोरा जैद दरबारसँग विवाह गरिन् ।

विवाहपछि पारिवारिक समय घुमफिरका लागि समय निकाल्नु पर्ने भएपनि कामको चापका कारण उनी विवाहको पर्सिपल्टै लखनउको सुटिंगकालागी निस्किइन् । तर संयोगवश फ्लाइटमा उनको भेट पूर्वप्रेमी अभिनेता कुशाल टण्डनसँग भयो ।

कुशाल टण्डनले सामाजिक सञ्जालमा पूर्वप्रेमिका गौहरसँगको भेटको तीन भिडियो सेयर गरेका छन् । जहाँ दुई दिनअघि विवाह भएकी गौहर आफ्नो पूर्वप्रेमी कुशालसँग सँगै बसेको देखिन्छ । कुशालले भिडियो सेयर गर्दै लेखेका छन्, ‘एक सुन्दर संयोग विवाहको शुभकामना गौहर खान ।’

भिडियोमा कुशालले आफू जन्मथलो जादैं गर्दा विमानमा गौहरसँग भेट भएको बताएका छन् । उनले भिडियोमा संयोगले प्रिय साथी गौहरसँग भेट भएको बताउँछन् । उनको कुरा सुनेर गौहर मन्द मुस्कानमा हास्छिन् ।

गौहर खान र कुशाल टण्डनले एकसाथ बिग बोस ८ मा भाग लिएका थिए । जहाँ गौहर शोको विजेता बनेकी थिइन् । उनीहरुबीच बिगबोसको घरबाटै प्रेम सुरुवात भएको थियो ।

पछि बिग बोसको घरबाट निस्कदासमेत उनी रिलेसनमा थिए तर अचानक उनीहरुको ब्रेकअप भयो । त्यसपछि गौहरले हालैमा जैद दरबारसँग विवाह गरिन् ।

 


प्रतिक्रिया दिनुहोस्