सलमान खानको राधेलाई साढे तीनसय करोड

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : ०५


अभिनेता सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेन ।

यो चलचित्र यस बर्षको इदमा प्रदर्शन गर्ने निर्माण पक्षको तयारी थियो ।

प्रभु देवाको निर्देशनमा तयार यो चलचित्रको टिजर, ट्रेलर आउट भएका छैनन् ।

तर, राधेको सलमान खानले एक क्लिप्स भने सार्वजनिक गरेका थिए । त्यसपछि यो चलचित्रलाई लिएर चर्चा निकै बढेको थियो ।

हालसम्म चलचित्रबारे एक सामग्री फस्ट लुक मात्रै सार्वजनिक गरिएको छ ।

हल कहिले खुल्छ, दर्शक आउँछन् या आउँदैनन् कुनै टुंगो छैन ।

तथापी, चलचित्रलाई जी स्टूडियोले महँगो रकममा खरिद गरेको छ ।

भारतीय मिडियाका अनुसार चलचित्रलाई जी स्टुडियोले ३ सय ६६ करोडमा किनेको हो ।

यो निकै महँगो रकम हो । सलमानसँग दिशा पटानीको पनि मुख्य भूमिका रहेको यो चलचित्र डिजिटल र सेटलाइट्समा निकै माग छ ।


प्रतिक्रिया दिनुहोस्