पैसा दिने प्रलोभन देखाएर ललितपुरमा ९ वर्षीया बालिकामाथि बलात्कार

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १२ : ०७


काठमाडौं । ललितपुरको इमाडोलमा ९ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।

आफ्नै छिमेमा बस्ने ४२ वर्षीय पुरुषद्वारा ९ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारको आरोपमा प्रहरीले ४२ वर्षीय हर्कबहादुर बिकलाई पक्राउ गरेको छ ।

झापा घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बोजेपोखरीमा डेरा गरी बस्दै आएका बिकले पैसा दिन प्रलोभन देखाएर बलात्कार गरेका प्रहरीमा उजुरी परेको छ ।

पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा विकलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए ।

पक्राउ परेका विकविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिइएको एसपी महर्जनले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस्