Dainik Online https://www.dainikonline.com Wed, 15 Jul 2020 07:54:20 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.4.2 https://www.dainikonline.com/wp-content/uploads/2020/06/cropped-dainikonlinefavicon-2-32x32.png Dainik Online https://www.dainikonline.com 32 32 178432167 सुनको भाउ हालसम्मकै महंगो https://www.dainikonline.com/story/61467/2020/07/15/ https://www.dainikonline.com/story/61467/2020/07/15/#respond Wed, 15 Jul 2020 07:54:20 +0000 https://www.dainikonline.com/?p=61467 काठमाडौं । बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ।

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको हो। अब प्रतितोला सुनको मुल्य ९२ हजार ८ सय रुपैयाँ पुगेको छ।

यो हालसम्मकै उच्च मूल्य रहेको बताइएको छ। यसअघि हिजो भने सुन तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगो भएकाले नेपालमा पनि भाउ बढेको हो।

कोरानाको त्रासले अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा लगानीकर्ता सुनप्रति आकर्षित भएका छन्।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि बढेको हो। भाउ महँगो भए पनि नेपाली बजारमा कारोबार भने खासै छैन।

 

]]>
https://www.dainikonline.com/story/61467/2020/07/15/feed/ 0 61467
सुशान्तकी बहिनी र कुकसँग प्रहरीले फेरि सोधपुछ गर्ने https://www.dainikonline.com/story/61465/2020/07/15/ https://www.dainikonline.com/story/61465/2020/07/15/#respond Wed, 15 Jul 2020 07:50:09 +0000 https://www.dainikonline.com/?p=61465 सुशान्त सिंह राजपूतको मृत्युपछि प्रहरी छानवीन जारी छ ।

रिपोर्टका अनुसार मुम्बइ प्रहरीले अहिलेसम्म ३४ जनासँग बयान लिइसकेको छ ।

पछिल्लो रिपोर्ट अनुसार, सुशान्तको बहिनी र उनका कुक नीरजसँग पुन सोधपुछ र बयान हुनेछ ।

सुशान्त सिंह राजपूतले १४ जुनमा आत्महत्या गरेका थिए । उनले यस्तो कदम किन उठाए ? अहिलेसम्म थाहा हुन सकेको छैन ।

प्रहरीले सुशान्तकी बहिनी र कुकसँग पुन कुरागरेर ११ जुनदेखि १४ जुनसम्म यस्तो के भएको थियो जसका कारण सुशान्तले यस्तो कदम उठाए ?

रिपोर्टका अनुसार प्रहरी सुशान्तको हरेक गतिविधिलाई डिटेलमा जान्न चाहन्छ ।

मृत्यु अघि उनी के गरिरहेका थिए, के खाए, उनको दैनिकी कस्तो थियो अर्थात हरेक मिनेटको रिपोर्ट । सुशान्तका कुकसँग यसअघि पनि ६ घन्टा लामो सोधपुछ प्रहरीले गरेको थियो ।

कुकका अलावा सुशान्तकी बहिनी मीतुसँग पनि प्रहरीले सोधपुछ गर्ने समाचारहरु सार्वजनिक भएको छ ।

प्रहरीले उनको सुशान्तबीच ३ महिना पहिला भएको भेटवार्ता, दुई जनाबीचको झगडा लगाएका सानो भन्दा सानो जानकारी लिन चाहिरहेको छ ।

सुशान्तका फ्यानहरुले भने उनी मृत्यु रोज्ने खालको व्यक्ति नभएको भन्दै सीबीआई जाँचको माग गरिरहेका छन् ।

]]>
https://www.dainikonline.com/story/61465/2020/07/15/feed/ 0 61465
विदेशी विद्यार्थीलाई भिसा नदिने निर्णय अमेरिकाले फिर्ता लियो https://www.dainikonline.com/story/61462/2020/07/15/ https://www.dainikonline.com/story/61462/2020/07/15/#respond Wed, 15 Jul 2020 07:41:25 +0000 https://www.dainikonline.com/?p=61462 न्यूयोर्क । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ ।

हार्वर्ड र एमआईटी विश्वविद्यालयहरुले अमेरिकी सरकारको निर्णय विरुद्ध कानुनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका थिए।

अमेरिकी अध्यागमन तथा भन्सार विभागले जुलाई ६ मा सूचना जारी गरेको थियो।

अमेरिकी ट्रम्प प्रशासनको आदेशमा जारी भएको सूचना विरुद्ध विश्वविद्यालयका साथै विभिन्न संघसंस्था, शिक्षक युनियन र १८ वटा राज्यले विरोध गरेका थिए।

संघीय न्यायाधीश अलिसन बरोघले संक्षिप्त आदेश सुनाउँदै अमेरिकी प्रशासनले विद्यार्थीको भिसा रद्द गर्ने आदेश फिर्ता लिन मन्जुर गरेको जानकारी दिनुभएको थियो।

हार्वर्ड र एमआईटीले यसै महिनाको शुरुमा आइसिईले जारी गरेको सूचना रोक्न अदालतमा निवेदन दिएका थिए।

आइसिईले जारी गरेको सूचनामा अनलाइन कक्षा भएका विद्यार्थीले अनिवार्य रुपमा अमेरिका छाड्नु पर्ने उल्लेख थियो।

विश्वविद्यालयहरुले अदालतमा दिएको निवेदनमा अनलाइन कक्षा लिने विद्यार्थीलाई व्यक्तिगत र आर्थिक रुपमा पनि ठूलो क्षति पुग्ने उल्लेख थियो।

अमेरिका सरकारको निर्णयले अमेरिकाको उच्च शिक्षामा ठूलो समस्या आउने दाबी गरिएको छ।

ट्रम्प प्रशासनले एकाएक पूर्व निर्णय फिर्ता लिनुको कारण बारे अदालतले केही बताएको छैन, र राष्ट्रपति ट्रम्पले पनि यसबारे कुनै प्रतिक्रिया दिनु भएको छैन।

साउदर्न क्यालिफोर्निया विश्वविद्यालयले जारी गरेको वक्तव्यमा सरकार पछि हटेकामा आफूहरु निकै खुशी भएको उल्लेख छ। वक्तव्यमा भनिएको छ, “हाम्रा विदेशी विद्यार्थीहरु विश्वविद्यालयका अभिन्न अंग हुन्, र उनीहरुले बिना भय आफ्नो शिक्षा हासिल गर्ने अधिकार उपभोग गर्न पाउँछन्।”

कोरोनाभाइरसका कारण अधिकांश विश्वविद्यालयले अहिले अति जरुरी परेको अवस्थामा बाहेक अनलाइन कक्षा संचालन गर्ने तयारी गरेका छन्।

]]>
https://www.dainikonline.com/story/61462/2020/07/15/feed/ 0 61462
कोरोना खोपको परीक्षण सकारात्मक आएपछि वैज्ञानिक उत्साहित https://www.dainikonline.com/story/61460/2020/07/15/ https://www.dainikonline.com/story/61460/2020/07/15/#respond Wed, 15 Jul 2020 07:39:23 +0000 https://www.dainikonline.com/?p=61460 वासिङ्टन । संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोविड–१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ।

आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको छ।

मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रुपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ।

यसअघि गरिएका परीक्षण निकै सुरक्षित रहेको दाबी गरिको र खोपले मानव शरीरमा एन्डीबडी उत्पादन गरेको थियो।

आगामी तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ। यी खोपमध्ये आधाजसो मानिसलाई १०० माइक्रोग्रामको डोज दिइनेछ भने आधालाई प्लासिबो दिइनेछ।

अनुसन्धाताहरुले खोप लगाइएका व्यक्तिहरुमा खोपको प्रभावकारिता वा असरका बारेमा आगामी दुई वर्षसम्म निगरानी राख्ने कम्पनीले जनाएको छ।

कोभिड–१९ बाट भ्याक्सिनले गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने विश्वास गरिएको छ।

कम्पनीको यो अध्ययन सन् २०२२ को अक्टोबर २७ सम्म जारी रहनेछ, तर प्रारम्भिक नतिजाहरु यसअघि नै सार्वजनिक गरिनेछ।

मोडर्नाको भ्याक्सिन परीक्षणको पहिलो चरणबाट प्राप्त नतिजालाई न्यू इङल्यान्ड मेडिसिन जर्नलले प्रकाशन गरेलगत्तै परीक्षण तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको हो।

पहिलो चरणमा सहभागी ४५ जना सहभागी सबैको शरीरमा भाइरस विरुद्धको एन्टीबडी तयार भएको देखिएको छ।

तर वैज्ञानिकहरुले पहिलो भ्याक्सिन सर्वाधिक सुरक्षित वा प्रभावकारी मान्न अहिल्यै नसकिने बताएका छन्।

मोडर्नाले पहिलो चरणको परीक्षणको अन्तरिम नतिजा यसअघि नै प्रकाशन गरिसकेको छ। पहिलो चरण भनिएको यस परीक्षणको नतिजा गत मे महिनामा सार्वजनिक गरिएको थियो।

पहिलो चरणका नतिजाहरु निकै उत्साहजनक रहेको अमेरिकी संक्रामक रोग रोकथाम इन्स्टिच्यूटका निर्देशक एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोभिड–१९ सल्लाहकार एन्थोनी फाउचीले बताउनु भएको छ।

तर कतिपय वैज्ञानिकहरुले मोडर्नाका तथ्याँकहरुको गहन विश्लेषणपछि मात्र ठोस निष्कर्षमा पुग्न सकिने बताउँदै आएका छन्।

मोडर्नाले गरेको परीक्षणमा सहभागीहरुलाई २५, १०० र २५० माइक्रोग्रामका भ्याक्सिनका तीन समूहमा बाँडिएको थियो । २८ दिनपछि यही परिमाणमा दोस्रो खोप दिइएको थियो।

पहिलो चराण्मा बढी मात्राको डोज दिइएका व्यक्तिमा बढी एन्टीबडी भेटिएको थियो।

दोस्रो चरणमा सहभागीहरुमा कोभिड–१९ भएका अधिकांश बिरामीभन्दा बढी एन्टीबडी देखिएको थियो। यी बिरामीको शरीरमा आफैं पनि एन्टीबडी तयार भएको थियो।

आधाभन्दा बढी सहभागीहरुका शरीरमा सामान्य किसिमको नकारात्मक असर (साइड इफेक्ट) देखिएको थियो।

जोन्स हप्किन्स विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ अमिश अडाल्जाले परीक्षणमा सहभागीमा निकै राम्रो एन्टीबडी तयार हुनु उत्साहजनक कुरा रहेको बताउनुभयो।

मोडर्नाले तयार पारेको भ्याक्सिनमा जेनेटिक सामग्रीको प्रयोग गरिएको छ।

]]>
https://www.dainikonline.com/story/61460/2020/07/15/feed/ 0 61460
अमेरिकामा पहिलो कोरोना खोपको नतिजा सकारात्मक https://www.dainikonline.com/story/61449/2020/07/15/ https://www.dainikonline.com/story/61449/2020/07/15/#respond Wed, 15 Jul 2020 07:19:12 +0000 https://www.dainikonline.com/?p=61449 एजेन्सी । अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिडि १९ खोपको परीक्षणको नतिजा सकरात्मक देखिएको वैज्ञानिकहरूले बताएका छन्।

परीक्षणको नतिजामा खोपले अपेक्षानुसार मानिसको प्रतिरक्षा प्रणालीलाई फाइदा पुर्‍याएको जनाइएको छ।

अब यो खोपको महत्वपूर्ण परीक्षण गर्नु पर्ने छ।

अमेरिकाका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउसीले समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई भने, ‘तपाईंले यसलाई जतिसुकै छाँटकाट् गर्नुहोस्, यो शुभ समाचार हो।’

उक्त समाचार न्यु योर्क टाइम्समा प्रकाशित छ। नेशनल इंस्टिट्यूट्स आफ हेल्थका वैज्ञानिक तथा डा.फाउसीका सहयोगीहरूले यस खोपको विकास गरेका हुन।

अब यस खोपको महत्वपूर्ण चरणको परीक्षण जुलाई २७ देखि सुरू हुनेछ। उक्त परीक्षण ३० हजार व्यक्तिहरूमा गरिनेछ र त्यसपछि मात्र यो खोपले मानव शरीरलाई वास्तवमा कोभिड-१९ बाट बचाउन सक्छ या सक्दैन भनेर थाहा मिल्नेछ।

मंगलबार अनुसन्धानकर्ताहरूले ४५ जनामा ​​गरिएको परीक्षणको नतीजा सार्वजनिक गरेका थिए। जुन नतिजाको विश्वभर प्रतीक्षा गरिएको थियो।

ती मानिसहरुको शरीरमा न्युट्रालाइजिङ एन्टिबडी विकसित भएको छ। यसले मानव शरीरमा संक्रमण रोक्नको लागि महत्त्वपूर्ण भूमीका खेल्ने बताइएको छ।

अनुसन्धानकर्ताहरुले हाल खोप परीक्षण गरिएका स्वयंसेवकहरूको रगतमा भेटिएका एन्टिबडीहरु कोरोनाबाट निको हुने मानिसहरुको जस्तै रहेको बताएका छन्।

अब ३० हजार मानिसमा गरिन लागिएको यो खोपको अनुसन्धान कोरोनाको सम्भावित खोपको अहिलेसम्मको सबैभन्दा ठूलो अनुसन्धान हुनेछ।

-बीबीसी हिन्दी

]]>
https://www.dainikonline.com/story/61449/2020/07/15/feed/ 0 61449
महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ: प्रकाशमान https://www.dainikonline.com/story/61446/2020/07/15/ https://www.dainikonline.com/story/61446/2020/07/15/#respond Wed, 15 Jul 2020 07:14:16 +0000 https://www.dainikonline.com/?p=61446 काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले फागुन ७ गतेदेखि हुने पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्।

समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेकोले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरू लागिपरेको उनले बताए।

चाक्सीबारीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वमहामन्त्री सिंहले समृद्धि अभियान अब कांग्रेसले पूरा गर्छ भन्ने विश्वासका साथ महाधिवेशनमा होमिन लागेको बताएका हुन्।

‘हाम्रो महाधिवेशन फागुनमा छ। नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने, ‘कम्युनिष्टले समृद्धि अभियान अगाडि बढाएनन्। अब कांग्रेसले समृद्धि अभियान अगाडि लैजान्छ भन्ने विश्वासका साथ महाधिवेशनमा लाग्छौं। त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ।’कोरोना महामारीमा सरकारले प्रभावकारी काम गर्न नसकेको सिंहको आरोप थियो। कोरोना परीक्षणको दायरा वृद्धि गर्न नसकेको र चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा समेत भ्रष्टाचार भएर लेखा समितिले छानविन गरिरहेको उनले बताए।

‘कोरोना भएको यतिका भइसक्यो सरकारले जनताको भलाइका लागि सिन्को भाँच्न सकेन। चीनबाट ल्याएका मेडिकल सामग्रीमा पनि भ्रष्टाचार गरेर लेखा समितिलेसरकारले नेपालको आन्तरिक राजनीतिमा विदेशीलाई खुलेआम हस्तक्षेप गर्न दिएको सिंहको भनाइ छ।

‘चाहिने नचाहिने कुरा गरेर हाम्रो आन्तरिक मामिलामा खुलेआम विदेशीलाई स्वागत गरेजस्तो देखिएको छ,’ उनले भने, ‘हाम्रो राजनीति हामीले गर्ने हो। नेपाली जनताले गर्ने हो। विदेशीहरू आएर हस्तक्षेप गरेका कुरालाई यो सरकारले प्रोत्साहन गरेको छ।’ छानविन गर्दैछ,’ उनले भने।

]]>
https://www.dainikonline.com/story/61446/2020/07/15/feed/ 0 61446
टेलिकमको सिमकार्ड अभाव https://www.dainikonline.com/story/61440/2020/07/15/ https://www.dainikonline.com/story/61440/2020/07/15/#respond Wed, 15 Jul 2020 06:50:43 +0000 https://www.dainikonline.com/?p=61440 बाग्लुङ । बजारमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ।

बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन्।

टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ।

गत चैतयता नै बजारमा सिमकार्ड नआएको चापागाईँ ट्रेर्डसका सञ्चालक सूर्य चापागाईँले बताउनुभयो।

“वितरक कम्पनीले कोरोनाका कारण सिमकार्ड आउन ढिलो भएको जनाएका छन्”, उहाँले भन्नुभयो।

चापागाईँका अनुसार प्रिपेडको सिमकार्ड किन्न आउने प्रयोगकर्तालाई दिनदिनै फर्काउनुपरेको छ।

टेलिकमको सिमकार्ड नपाएपछि प्रयोगकर्ताले अन्य दूरसञ्चार सेवा प्रदायकका सिमकार्ड किन्न बाध्य छन्।

बागलुङसहित पर्वत, म्याग्दीका (पिओएस)लाई बन्दाबन्दीपछि सिमकार्ड पठाउन नसकिएको सजिलो इन्टरप्राइजेजका सञ्चालक उषा पौडेलले बताउनुभयो।

एउटै ‘पिओएस’बाट ५०० देखि एक हजार ५०० सम्म सिमकार्ड माग आएको उहाँको भनाइ छ।

सिमकार्ड विदेशमा बनेर आउने भएकाले कोरोना र बन्दाबन्दीका कारण समयमा आउन नसकेको बुझिएको छ।

टेलिकम कार्यालय बागलुङका वरिष्ठ इञ्जीनियर केशव शर्माले बजारमा आउने सिमकार्डकाबारेमा आफूहरुलाई थाहा नहुने बताउनुभयो।

“हामीले कार्यालयबाट नियमित बेच्ने सिमकार्ड त छ”, उहाँले भन्नुभयो, “बजारमा अभाव भएका भए हामीले पनि बुझ्नुपर्छ, कोरोनाका कारण आउन ढिलो भएको पनि हुनसक्छ।”

]]>
https://www.dainikonline.com/story/61440/2020/07/15/feed/ 0 61440
दुर्लभ ‘किङ कोब्रा’ भेटिएपछि संरक्षण सुरु https://www.dainikonline.com/story/61437/2020/07/15/ https://www.dainikonline.com/story/61437/2020/07/15/#respond Wed, 15 Jul 2020 06:41:13 +0000 https://www.dainikonline.com/?p=61437 पोखरा । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ।

घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन्।

काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही स्थानमा संरक्षण गर्न निगरानीका लागि ‘क्यामेरा ट्राप’ राखिएको र वरिपरि तारजाली लगाउने काम भइरहेको एक्यापका संरक्षण अधिकृत ऋषि बरालले बताउनुभयो । सो सर्प अन्दाजी १० फिट लामो रहेको छ।

सबैभन्दा विषालु किङकोब्रा अण्डा पारेर बच्चा निकाल्ने एक मात्र सर्प प्रजाति भएकाले अहिले अण्डा पारेर गुँड बनाएर बसेको बरालले बताउनुभयो।

यसले ६० देखि ९० दिनभित्रमा बच्चा निकाल्ने अनुसन्धानकर्ता बताउँछन्।

“अन्नपूर्ण संरक्षण क्षेत्रभित्र देखिएको किङकोब्राको गुँड संरक्षण र यसलाई अवरोध नहोस् भनेर सबैतिर तारजाली लगाउन शुरु गरेका छौँ”, संरक्षण अधिकृत बरालले भन्नुभयो, “क्यामेरा ट्रापसहित स्थानीयवासीलाई समेत आवश्यक सचेतना शिविर सञ्चालन गरेका छौँ।”

किङकोब्राले अण्डा पारेपछि पतकरको बीचमा सुरक्षित गरेर गुँडको सुरक्षा गर्ने र बच्चा निस्कनु सातदेखि १० दिनअघि यसले गुँड छाडेर जाने गरेको संरक्षणकर्मीको भनाइ छ।

यस अवधिमा यो सर्प अन्यत्र टाढा नजाने र गुँडको सुरक्षा गरेर बस्ने गरेको बताइन्छ।

किङकोब्राको मुख्य आहारा नै अन्य प्रजातिका सर्प र मुसा रहेको छ। कास्कीमा सन् २०१६ मा पहिलोपटक दाङसिङमा कोब्राको गुँड भेटिएको थियो।

त्यसपछि सन् २०१७ मा धम्पुसफेदीमा, सन् २०१७ मा स्याङ्जामा त्यसको एक वर्षपछि पुनः धम्पुसमा भेटिएको थियो। यस वर्ष कास्की र पर्वतमा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

यो समुद्री सतहदेखि दुई हजार मिटरदेखि दुई हजार ५०० सम्मको उचाइमा पाइने गरेको बताइन्छ।

यसलाई अवरोध नगरेसम्म मानिसलाई केही नगर्ने एक्याप ल्वाङका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक लेखनाथ गौतमले बताउनुभयो। उहाँले भन्नुभयो, “किङकोब्रा सर्प लजालु र भद्र स्वभावको हुन्छ, यसलाई अवरोध नहुँदासम्म केही गर्दैन, अण्डा कोरल्ने बेलामा बढी आक्रामक हुन्छ।”

यो सर्प लोपोन्मुख प्रजातिअन्तर्गत ‘साइटिस टु’ मा पर्ने उहाँले बताउनुभयो।

सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालले दुई साताअघि ठूलो र लामो आकारको सर्प देखिपछि एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समिति, सर्प संरक्षण समाजलगायतका संस्थामा खबर गरिएको जानकारी दिनुभयो।

हाल विभिन्न संस्थाबाट संरक्षणको प्रयास भइरहेको उहाँको भनाइ छ।

]]>
https://www.dainikonline.com/story/61437/2020/07/15/feed/ 0 61437
धरहरा पुनःनिर्माणका कामदार क्वारेन्टिनमा https://www.dainikonline.com/story/61434/2020/07/15/ https://www.dainikonline.com/story/61434/2020/07/15/#respond Wed, 15 Jul 2020 06:33:57 +0000 https://www.dainikonline.com/?p=61434 काठमाडौं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ।

सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए।

रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो।

ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको र पिसिआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ।

कोरोना सङ्क्रमणको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टिनमा राखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताउनुभयो।

अहिले उनीहरुको परीक्षणको लागि नमूना सङ्कलन भइरहेको छ। परीक्षणपछि काममा लगाइने सम्पदाविज्ञ मानन्धरले बताउनुभयो।

उहाँले भन्नुभयो–“अहिले धरहराको पुनःनिर्माणको लागि ३५ कामदार नियमित रुपमा लागिरहेका छन्। हालसम्मा ३९ प्रतिशत काम सम्पन्न भएको छ।”

भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको छ।

निर्माणको लागि रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ। पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ। जहाँ दुईवटा लिफ्ट हुनेछ। एउटा परम्परागत भ¥याङ रहनेछ।

लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ। अब बन्ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ। कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ।

नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्।

शुरुमा ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो।

सो ऐतिहासिक धरहरा सन् १८३२ मा भिमसेन थापाले निर्माण गरेका थिए।

गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ। उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेना गृह हुनेछ। धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ।

निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ। धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनेछ।

]]>
https://www.dainikonline.com/story/61434/2020/07/15/feed/ 0 61434
नेकपा अध्यक्षद्धयबीच बालुवाटारमा छलफल https://www.dainikonline.com/story/61432/2020/07/15/ https://www.dainikonline.com/story/61432/2020/07/15/#respond Wed, 15 Jul 2020 06:27:10 +0000 https://www.dainikonline.com/?p=61432 काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटघाट पार्टी भित्रको कलहका बारेमा केन्द्रीत रहेको बताइएको छ।

यसअघि अध्यक्ष दाहाल मंगलबार पनि प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए। तर, पछिल्लो कुनै छलफल हुन सकेको थिएन।

विवादकै कारण नेकपाको स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ। असार १८ गते यता बैठक बस्न सकेको छैन।

असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो।

]]>
https://www.dainikonline.com/story/61432/2020/07/15/feed/ 0 61432